Logo

चितवन-३ः प्रचण्ड भर्सेस विक्रम पाण्डे



Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेद्वारी सार्वजनिक भएसँगै चितवन क्षेत्र नम्बर ३ चर्चामा रहेकोमा बहालवाला वन तथा भूसंरक्षणमन्त्री एवं राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेले उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेता पाण्डे साविक क्षेत्र नम्बर ५ का सांसद हुन् । हाल निर्वाचन क्षेत्रअन्तर्गत यो क्षेत्र ३ नम्बर क्षेत्रमा पर्छ । आजको नयाँ पत्रिकामा खबर छ स्थानीय तहको चुनावमा माओवादी विजयी भएको स्थानमा राप्रपा चौथो स्थानमा झरेको थियो ।


यस क्षेत्रमा यसअघिको निर्वाचन क्षेत्रको ४ नम्बरको पूरै भाग पर्छ । तत्कालिन समयमा सुशील कोइराला विजयी भई उपनिर्वाचनमा छोडेका यस जिल्लामा पछि पनि कांग्रेसकै उम्मेद्वार रामकृष्ण घिमिरे विजयी भएका थिए । हाल कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनका कार्यदल सदस्यसमेत रहेका पाण्डे गठबन्धनबाट चुनाव लड्न लागेको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्