Logo

बलिउड नायिका सोनम कपुर ‘क्वारेन्टाइन’मा



Spread the love

एजेन्सी – विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसकाे प्रभाब अहिले बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्।

पतिसँगै भारत विमानस्थलमा उत्रिएका उनीहरुको कडा चेकिङ गरिएको थियो। उनले इन्स्टाग्राममा पोष्ट गर्दै विमानस्थलमा धेरै स्थानमा स्वास्थ्य परीक्षण भएको उल्लेख गरेकी छन्।

भारतको एयरपोर्टमा ल्याण्ड गरेपछि सोनमले भारतीय सरकारले कोरोनाविरुद्ध गरिरहेको तयारीको खुलेर तारिफ गरिन्। साथै एयरपोर्टमा विदेशबाट फर्किने मानिसहरुको धेरै पटक कोरोनाको परीक्षण भएको बताइन्।

प्रतिक्रिया दिनुहोस्