Logo

दीपक मनाङे प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारमा सिफारिस



Spread the love

लमजुङ – गुन्डा नाइकेका रुपमा चिनिएका राजीव गुरुङ (दीपक मनाङे) लाई एमाले मनाङले प्रदेशसभाको लागि प्रतक्ष्यतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ ।

मंसीर १० गते हुने पहिलो चरणको चुनावमा उनी माथिल्लो मनाङको नेस्याङ र नारफु गाउँपालिका सम्मिलित क्षेत्रबाट प्रदेश सदस्यमा चुनाव लड्नेछन् । आजको कान्तिपुरमा खबर छ ।

माथिल्लो मनाङस्थित मनाङ गाउँका स्थायी बासिन्दा उनी प्राय काठमाडौं बस्छन् । स्थानीय तहको चुनावदेखि भने उनी बाक्लै रुपमा मनाङ आउजाउ गर्दै स्थानीयको घरदैलौ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्