Logo

अमिताभ देखि आलिया,अर्जुन हुँदै दिलिप क्वारेन्टाइनमा



Spread the love

एजेन्सी – विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसकाे प्रभाब अहिले बलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीहरुलाई परेको छ ।

अमिताभ बच्चन :

अहिले बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । यस्तोमा बलिउडका कलाकारले पनि कोरोनाबाट जोगिन आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका हुन् ।

यस रोगबाट जोगिन सबैले आफ्नो ठाउँबाट सुरक्षित रहेर अरूलाई पनि जोगाउन र आफू पनि जोगिन पहल गरेको अभिनेता अमिताभले बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् बीएमसीको तर्फबाट हातमा लगाइएको स्ट्याम्पको तस्बिर शेयर गर्दै आफू क्वारेन्टाइनमा भएको बताएका हुन् । यो सूचीमा अमिताभदेखि थुप्रै कलाकार समावेश छन् ।

आलिया भट्ट:


बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट पनि कोरोनाबाट बच्न आफू घरमै सुरक्षित बसेको बताएकी छिन् । उनले पनि सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै आफू सेल्फ क्वारेन्टाइनमा बसेको बताएकी छिन् । कोरोना भाइरसको आतङ्कबाट जोगिन विश्वभर नै अनेक उपायहरू अपनाइँदै छ । यसबाट सतर्क रहन र जोगिन हरेक देशका सरकारले पनि आ-आफ्नै नियमहरू लागु गर्दै आइरहेका छन् ।

अर्जुन कपुरः


चर्चित अभिनेत्रा अर्जुन कपुरले आफ्नो सुरक्षाकालागि क्वारेन्टाइनमा रहेको सामाजिक सञ्जाल ट्विटर मार्फत सार्वजनिक गरेका छन् । उनले लामो समयदेखि कोरोना भाइरसका कारण सजगता अपनाइरहेका छन् । उनले इन्स्टाग्राममार्फत् आफू क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् ।

दिलिप कुमारः

Image result for दिलीप कुमार

यस्तै बलिउका दिलिप कुमार पनि क्वारेन्टाइनमा बसेका छन् । दिलिप कुमार लामो समयदेखि बिरामी छन् र उमेर धेरै भएका कारण उनले विशेष सजगता अपनाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्