Logo

स्थानीय पाठ्यक्रम लागू गर्दै बूढानीलकण्ठ



Spread the love

६ चैत, काठमाडाैँ । बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विसं २०७७ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू गर्ने जनाएको छ ।

स्थानीयस्तरमा रहेका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको नगरप्रमुख उद्धवप्रसाद खरेलले बताए । १०० पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायत सम्पूर्ण पक्षलाई समेटेर पुस्तक तयार गरिएको नगरपालिकाका प्रवक्ता नवराज भण्डारीले बताए ।

उक्त पुस्तकको नाम ‘हाम्रो बूढानीलकण्ठ’ रहेको नगरपालिकाले जनाएको छ । विद्यालयका शिक्षक, स्थानीय र जनप्रतिनिधिबीच छलफल र सहमति भई रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाइ गरिने जनाइएको छ । नगरपालिकामा १९ संस्थागत १११ सामुदायिक विद्यालय गरी १३० विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्