Logo

चैत महिना हुने विश्वविद्यालयका परीक्षा स्थगित



Spread the love

५ चैत, काठमाडाैँ । अन्तिम घडिमा एसइई परीक्षा स्थगित गरेको सरकारले विश्वविद्यालयका परीक्षा पनि स्थगित गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले जानकारी दिए अनुसार चैत महिना हुने विश्वविद्यालयका परीक्षा स्थगित गरिएको हो।

‘एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको छ। हामीले सम्माननीय प्रधानमन्त्रीसँग छलफल गर्‍यौं’, उनले भने,‘जोखिम रोक्नको लागि यो निर्णय उचित हुन्छ भन्ने भयो।’

विद्यालय र विश्वविद्यालयका पठनपाठनसहित परीक्षा स्थगित कहिलेसम्म गर्ने भन्नेबारे परीक्षा बोर्ड बैठकले छलफल गरेर निर्णय गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्