Logo

‘छक्का पन्जा ३’ घोषणा,पुरानै कलाकार दोहोरिने पक्का



Spread the love

असोज ११ गतेबाट रिलिज भएको फिल्म ‘छक्का पन्जा २’ले अहिले बक्स अफिसमा चर्को कमाइ गरिरहेको छ । सर्वाधिक कमाउने फिल्मको रेकर्ड बाहेक अन्य सबै रेकर्ड यो फिल्मले तोडेको छ । ‘छक्का पन्जा र छक्का पन्जा २’ले नयाँ रेकर्ड बनाएपछि अब यसको टिमले यसको तेश्रो सिक्वेलको पनि घोषणा गरेको छ ।

फिल्मका निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले फेसबुकको माध्यमबाट फिल्म ‘छक्का पन्जा ३’को गृहकार्य सुरु गरेको बताएका छन् । उनले समिक्षक र दर्शकले दिएको सुझावालाइ आत्मसाथ गर्दै नयाँ फिल्म बनाउन लागेको बताएका छन् ।

यो फिल्मलाइ पनि दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन् । फिल्ममा पुरानै टिम समावेश हुने दीपकको भनाइ छ । तर, दीपकले अहिले नै फिल्मको कथावस्तु तय गरिनसकेको पनि बताएका छन् । उनले, यो फिल्म वि.सं २०७५ सालको दशैको फूलपातिको दिन रिलिज हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्