Logo

मिस नेपाल प्रतियोगिताका गतिविधिहरू स्थगित



Spread the love

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा मिस नेपाल प्रतियोगिताका गतिविधिहरु स्थगित गरिएको छ ।

बिहीवार हिडन ट्रेजरको बैठकले वैशाख १८ सम्म सम्पूर्ण गतिविधिहरु स्थगित गरेको हो ।
संक्रमणको जोखिमलाई लिएर नेपाल सरकारले भेला, गोष्ठी, महोत्सव, म्युजियम र मनोरञ्जनात्मक क्षेत्रहरु बन्द गरे लगत्तै हिटन ट्रेजरले मिस नेपाल प्रतियोगिताका गतिविधिहरु स्थगित गरेको हो ।

मिस नेपालको फाइनल वैशाख ३ गते राजधानीको अन्नपूर्ण होटेलमा आयोजना हुने तय गरिएको थियो । धनगढी, धरान, बुटबल, पोखरा, नेपालगन्ज, वीरगन्ज र बिर्तामोडमा अडिसन सिध्याइसकेको थियो । राजधानीमा मात्र अडिसन बाँकी थियो ।

प्रतिक्रिया दिनुहोस्