Logo

अमेरिकाले युद्धको आगो सल्कायो



Spread the love

उत्तर कोरियाली विदेशमन्त्री री याङ होले अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धको आगो सल्काउको आरोप लगाएका छन् ।

रुसी समाचार संस्थाले रीलाई उद्धृत गर्दै जनाएअनुसार गतमहिना राष्ट्रसंघीय महासभामा दिएको भाषणपछि ट्रम्पले युद्धको आगो सल्काएका हुन् ।

रुसी समाचार संस्था ताससंगको अन्तरवार्तामा रीले भने, राष्ट्रसंघीय महासभामा ट्रम्पको झगडालु र पागल भनाईले यो भन्न सकिन्छ कि, अमेरिकाविरुद्धको युद्धको आगो सल्किएको छ ।

ट्रम्पले गतमहिनाको सम्बोधनका क्रममा अमेरिका वा मित्रशक्ति देशको रक्षा गर्न उत्तर कोरियालाई पुर्णरुपमा ध्वस्त पार्ने, धम्की दिएका थिए । एक प्रश्नको जवाफमा रीले अमेरिका र उत्तर कोरियाबीच कुनै पनि हालतमा वार्ता हुन नसक्ने जनाए ।

उनले भने, अमेरिकाको बढ्दो सैनिक दवाब र प्रतिनिधिबन्धका कारण यो विल्कुल वार्ताका लागि अनुकुल समय होइन । यसअघि उत्तर कोरियाली ह्याकरमाथि

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियामाथि आक्रमण गर्न तयार पारेका योजनासम्बन्धी महत्वपुर्ण कागजात चोरी गरेका थिए ।

त्यसमा उत्तर कोरियाली नेता किम जोङ उनको हत्या तथा युद्धका समयमा सैनिक रणनीति समावेशसमेत थिए ।

उत्तर कोरियाली ह्याकरले दक्षिण को रियाली सेनाको नेटवर्कमा आक्रमण गरी २ जसय ३५ गिगाबाईट अति संवेदनशिल तथ्यांक चोरेको हो ।

आजको पत्रिकामा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्