Logo

बच्चा छँदा स्पाइडरम्यान तथा सुपरम्यान बन्न चाहन्थेँ –डानियल क्रेग



Spread the love


एजेन्सी । जेम्स बोन्ड सिरिजका अभिनेता डानियल क्रेगले बच्चा छँदा सुपरम्यान तथा स्पाइडरम्यानको भूमिकामा खेल्ने सपना रहेको बताएका छन् ।

सागा म्यागजिनसँग अन्तरर्वार्ताको क्रममा उनले भने,“मानिसहरुले मलाइ सधैँ तिमी पक्कै पनि बच्चा बेलामा जेम्स बोन्डकै भूमिकामा देखिन खोज्थौ होला भनेर सोधिरहन्छन् । तर यसो होइन । मैले स्पाइडरम्यान, सुपरम्यान अनि इन्भिसिबल म्यानको रुपमा सपना देख्थेँ । यद्यपि काउब्योइ पनि मेरो सपना थियो । ”

विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरसले गर्दा आगामी महिना अप्रिलमा रिलिज हुने भनिएको चलचित्र नो टाइम टु डाइ सरेर नोभेम्बरमा पुगेको छ ।

जेम्स बोन्ड सिरिजको चलचित्र नो टाइम टु डाइ डानियल क्रेगको पाँचौ चलचित्र हो । चलचित्र नो टाइम टु डाइमा ओस्कार विजेता कलाकार रमी मलिक खलनायकको भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्