Logo

हेलब्याेइका कलाकार डानियल काेराेना संक्रमित



Spread the love

एजेन्सी । हेलब्योइका कलाकार डानियल किम कोरोना भाइरसबाट संक्रमित भएका छन् । टम ह्याङ्क, रिटा विल्सन र इड्रिस एल्बापछि डानियल किम कोरोना भाइरसको संक्रमण भएका हुन् ।

इन्स्टाग्राममा भिडियो सेयर गर्दै डानियलले चेकजाँच गर्दा पोजेटिभ देखिएको बताएका छन् । उनी न्यू योर्कमा सिरिजको छायांकनपछि हवाइमा फर्के लगत्तै घाँटी चिलाएपछि सेल्फ क्वारेन्टाइनमा बसेका थिए । होनुलुलुमा चेकजाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएका छन् ।

उनी विगत दश दिनदेखि घरकाे छुट्टै काेठामा बसिरहेका छन् । डानियलले बिरामी भएको तर आत्तिन नपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्