Logo

जङ्गलमा भेटिएको वस्तुलाई घरमा ल्याउँदा कैलालीमा विस्फोट, एक जनाको मृत्यु



Spread the love

९ चैत, धनगढी । आइतबार जङ्गलमा भेटिएको वस्तुलाई घरमा ल्याएर पगाल्न खोज्दा कैलालीमा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ फूलबस्तीका ४० वर्षीय नरबहादुर बिकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घर नजिकै जङ्गलमा दाउरा खोज्न गएको बेला बिकले तामाको डल्लो जस्तो वस्तु फेला पारेका थिए ।

त्यसलाई घरमा ल्याएर पगाल्न खोज्दा पट्केर घटनास्थलमै बिकको ज्यान गएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । ‘त्यो वस्तुमा विष्फोटक पदार्थ वा के थियो, अहिलेसम्म यकिन हुन सकेको छैन’, उनले भने । कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ ।

प्रतिक्रिया दिनुहोस्