Logo

कोरोना भाइरसले गर्दा हलिउडलाई १२ अर्ब डलरको क्षति हुन सक्ने– माइक ब्लोक्सम



Spread the love

एजेन्सी । अन्तर्राष्ट्रिय मिडिया र मनोरञ्जनका उपाध्यक्ष माइक ब्लोक्समले कोरानाको कारणले बक्स अफिसलाई १२ अर्ब डलरको क्षति हुन सक्ने बताएका छन् ।

कोरोना भाइरसको प्रभाव हर क्षेत्रमा परेको छ । यसबाट हलिउड पनि अछुतो रहन सकेको छैन । ब्लोक्समले मात्र नभई विभिन्न रिसर्च कम्पनीहरुले जुलाइसम्म चलचित्र रिलिज नभए चलचित्र उद्योगमा कम्तीमा पनि १२ अर्ब डलरको क्षति हुन सक्ने बताएका छन् ।

युनिभर्सल स्टुडियो, नेटफ्लिक्स, डिज्नी, प्यारामाउन्ट, वार्नर ब्रोस लगायतका थुप्रै स्टुडियोले भाइसको कारणले गर्दा आफ्ना उत्पादनहरु बन्द गरेका छन् । हलिउडका लागि सबैभन्दा दोस्रो ठुलो बजार मानिने चीनमा ७० हजारभन्दा बढी हल बन्द हुँदा गहिरो असर परेको छ ।

कोराना भाइरस आउनु अगावै रिलिज भएका चलचित्रहरु घाटामा गएका छन् भने कुनै चलचित्र पुनः रिलिज गरिने बताइएको छ । छायांकन सुरु गरिएका चलचित्रहरुको पनि छायांकन बन्द गरिएको छ । कलाकारहरु आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्