Logo

भारतमा भएका नेपालीका लागि दुतावासको अपिल



Spread the love

१० चैत, काठमाडाैँ – भारतको नयाँ दिल्ली स्थित नेपाली राजदुतावासले भारतमा रहेका नेपालीलाई सुरक्षितसाथ बस्न अपिल गरेको छ । दुतावासले आज सुचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई यथास्थानमा रहन अपिल गरेको हो ।

दुतावासबाट जारी गरिएको अपिलमा कोरोना रोकथामका लागि भारतले विभिन्न स्थानमा लकडाउन गरेको बताउँदै राज्य सरकारले दिएको निर्देशन पूर्ण रूपमा पालना गर्न समेत भनिएको छ ।

त्यसै गरी दुतावासले नेपालले आजबाट भारतसँग सीमा जोडिएका नाका बन्द गरेको भन्दै नियमित बसेकै स्थानमा बस्न र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन पनि अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्