Logo

लक डाउनलाई बेवास्ता गर्दै कामदारहरु



Spread the love

११ चैत,काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नफैलियोस् भन्दै सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ । सरकारले कोरोना संक्रमणविरुद्धको लडाइमा राष्ट्र एकताबद्ध भएर लड्नुपर्ने भएकाले ‘लकडाउन’ लाई कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । सरकारको निर्णयलाई आत्मसाथ गर्दै प्राय: जसो घरबाट बाहिर निस्केका छैनन् । तर त्यसको प्रभाब भने ज्याला मजदुरी गर्ने कामदारहरुमा देखिएको छैन । उनीहरु सरकारको नियम बिपरित नै आज बिहानै देखि स्वास्थ्यको जोखिमलाई मोलेर नै आ- आफ्नो दैनिक काममा लागेका छन् ।

सरकारले लक डाउन लगाएको छ, घर बाहिर ननिस्कनु नै कोरोनाको उपाय हो भन्ने थाहा हुँदा हुदै पनि उनीहरु आफ्नो छाक टार्नको लागि काममा आएका गुनासा पोख्छन् । ‘के गर्नु पापी पेटको सवाल छ , काम नगरे खान पाइदैन’ उनीहरु बताउँछन् । विश्व भर फैलिरहेको कोरोना भाइरस संक्रमणको डर भएता पनि परिवारका लागि उनीहरु आफ्नो दैनिक काममा ब्यस्त छन् । उनीहरु काम गर्दा न त मास्क नै लगाएका छन् न त स्यानीटाइजरकै प्रयॊग गर्छन । यस्तो अवस्थामा झन् कोरोनोको जोखिम बढ्दो देखिन्छ ।

सरकारले अत्याआवश्यक काम नभई घरबाट ननिस्कने , निस्कनै परे मास्कको प्रयोग गर्ने , बेला बेलामा साबुन पानीले हात धुनु पर्छ भन्दा भन्दै पनि सरकारको निर्णयलाई बेवास्ता गर्दै उनीहरु आफ्नो काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्