Logo

नेपाल हङकङसँग ८३ रनले पराजित



Spread the love

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

१९५ रनको लक्ष्य पछ्याएको नेपालको शुरुआत राम्रो रहेन् । चौथो ओभरमा नेपालको १० रन हुँदा सागर पुन आउट भए । त्यसपछि लगातार नेपालको विकेट झर्दै गए । ३४.५ ओभरमा सबै विकेट गुमाएर नेपालले १११ रन मात्रै बनाउन सक्यो ।नेपालका लागि पारश खड्काले २६, आरिफ सेखले २३, ज्ञानेन्द्र मल्लले २१ र विनोद भण्डारीले १८ रन बनाए । हङकङका लागि इसान खानले ५ र ऐजाज खानले ३ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ५० ओभरमा सबै विकट गुमाउदै १९४ रन बनाएको थियो । उसका लािग जेजे अंकितसनले ७६, तनविर अफजलले ३८ र हबर हायातले २९ रन बनाए ।

नेपालका लागि सञ्जीव लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले दुई/दुई तथा सुशन भारीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्