Logo

कोरोना अपडेटः २४ घण्टामा २ हजार बढीको मृत्यु, इटाली अझै नाजुक अवस्थामा



Spread the love

१२ चैत, काठमाडाैँ – विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बुधबारसम्म १८ हजार ८ सय ९२ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभरि ४ लाख २२ हजार ६ सय १४ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख ८ हजार ८ सय ७९ जना उपचारपछि घर फर्किएका छन् । २ लाख ९४ हजार ८ सय ९४ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २ सय ८१ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार १७१ जना सङ्क्रमित रहेका छन् । बुधबार प्राप्त समाचारअनुसार ७३ हजार ६ सय ५० व्यक्ति उपचारपछि घर फर्किएका छन् । अब चीनमा जम्मा ४ हजार २ सय २८ जनामा मात्र कोरोनाको संक्रमण रहेको छ ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ६ हजार ८ सय २० व्यक्तिको मृत्यु भएको छ । हाल ६९ हजार १ सय ७६ जना सङक्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार ८ हजार ३ सय २६ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण ९ हजार ९ सय ४३ व्यक्तिको मृत्यु भएको छ । हाल १३ हजार ९ सय ६३ जना सङक्रमित रहेका छन् । ८ हजार ९ सय १३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ९ सय ९१ व्यक्तिको मृत्यु भएको छ । हाल २९ हजार ५ सय ४२ जना सङक्रमित रहेका छन् । बुधबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७ सय ९४ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । स्पेनमा २४ घण्टाको अवधिमा मात्रै ६ सय ८० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ७ सय ७५ व्यक्तिको मृत्यु भएको छ । हाल ५३ हजार ६ सय ६५ जना सङक्रमित छन् भने, ३ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसै गरी २४ घण्टाको अवधिमा विश्वभर ४३ हजार ७ सय ६९ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् भने २ हजार ३ सय ७८ जना संक्रमितले ज्यान गुमाएका छन् । जम्मा संक्रमित मध्ये १ लाख ८ हजार ८ सय ७९ जना उपचारपछि निको हुँदा १३ हजार ९५ जना गम्भीर अवस्थामा कोरोनासँग जुधिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्