Logo

कोरोना विरूद्ध लड्न मेसी र ग्वार्डिवलाको १-१ मिलियन सहयोग



Spread the love

१२ चैत, एजेन्सी – यतिबेला विश्वमा कोरोनाको त्रास विकराल बन्दै गइरहेको बेला सारा विश्व भने यसको रोकथामको लागि कसरत गर्दैछ । यसका लागि विभिन्न वैज्ञानिक अनुसन्धान भइरहेका छन् भने विभिन्न व्यक्तित्वहरूले आर्थिक सहयोग पनि गरिरहेका छन् ।

कोरोनाले दोश्रो ठुलो आतंक मच्चाएको इटाली पछिको स्पेनमा यसको रोकथामका लागि बार्सिलोनाका स्टार अर्जेन्टिनी खेलाडी लियोनल मेसीले १ मिलियन पाउण्ड सहयोग गरेका छन् । स्पेनमा कोरोनाले तहसनहसको स्थिति पैदा गरेपछि उनले सो रकम सहयोग गरेका हुन् ।

त्यसै गरी बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिवलाले पनि स्पेनमा कोरोना रोकथामका लागि १ मिलियन पाउण्ड सहयोग बापत दिएका छन् । सो रकम कोरोना रोकथामका लागि प्रयोग गरिने स्पेनले बताएको छ ।

कोरोनाका कारण स्पेनमा करिब ३ हजारले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्