Logo

कोरोनाको कारण २० हजारभन्दा बढीको मृत्यु !



Spread the love

१२ चैत, एजेन्सी । कोरोनाको कारण २० हजारभन्दा बढीको मृत्यु भएको जोन होपकिङ्ग विश्वविद्यायको अनुसन्धानले जनाएको छ । विश्वका १९૪ देशमा कोरोना फैलिसकेको छ । जसमध्ये दश देश कोरोनाबाट बढी प्रभावित रहेका छन् ।

कोरोना भाइरसले सबैभन्दा बढी असर इटालीमा परेको छ भने त्यसपछि चीनमा परेको छ ।

इटालीमा अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार १६० जनाको मृत्यु भएको छ ।

स्पेन: २,८०८ जनाको मृत्यु,
इरान: १,९३૪ जनाको मृत्यु
अमेरिका: ८०० जनाको मृत्यु
फ्रान्स: १९०० जनाको मृत्यु
बेलायत: ૪२२ जनाको मृत्यु
नेदरल्याण्ड: २७६ जनाको मृत्यु
जर्मनी: १५७ जनाको मृत्यु
बेल्जियम: १२२ जनाको मृत्यु

विश्वभर गरी ४ लाख जनालाई यो संक्रमण देखिएको छ । बीबीसीका अनुसार अहिलेसम्म ४ लाख २० हजार जना कोरोना संक्रमित छन् ।

कोरोना संक्रमित भने सबैभन्दा बढी चीनमा रहेका छन् । जहाँ ८१ हजार ५९१ जनाको संक्रमित छन् । इटालीमा ६९ हजार १७६ जना संक्रमित छन् भने अमेरिकामा ५३ हजार ७४० जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्