Logo

हलिउड अभिनेता क्रिस हेम्सवर्थले फिट रहन सल्लाह दिने



Spread the love

१२ चैत, एजेन्सी । हलिउड अभिनेता क्रिस हेम्सवर्थले फिट रहनको लागि चाहिने सल्लाह सुझाव दिने घोषणा गरेका छन् ।

विशेष गरी थोरबाट चिनिएका क्रिस हेम्सवर्थ फिटनेसमा निकै ध्यान दिन्छन् । उनी जिमहल जान कहिल्यै भुल्दैनन् तर कोरोनाको कारणले जिमहल बन्द भएको छ । त्यसैले उनले अब आफ्नो वर्कआउट प्लान सबैलाई बताउने घोषणा गरेका छन् ।

उनको वर्कआउट एप सेन्ट्र (Centre) मा अर्को हप्तादेखि वर्कआउट प्लानको बारेमा नि:शुल्क जान्न पाइने छ । त्यो पनि ६ साता सम्मको लागि खुला हुने बताइएको छ ।

क्रिसले इन्स्टाग्राममा भिडियो सेयर गर्दै भनेका छन्, “यो समय निकै तनावग्रस्त रहेको छ । मलाइ थाहा छ तपाईंहरु सबै घरमा हुनुहुन्छ । त्यसैले अब मैले मेरो फिटनेस वर्कआउट ६ हप्ताको लागि सेयर गर्नेछु । यस अवस्थामा खुशी रहनको लागि न्युट्रेशन, चाल अनि मानसिक रुपमा स्वस्थ रहनु पर्दछ ।”

३६ वर्षीय अस्ट्रेलियन कलाकार क्रिसले सन् २०११ को थोरबाट हलिउडमा प्रवेश गरेका थिए ।

यो पनि पढाैँ

कोरोना विरूद्ध लड्न मेसी र ग्वार्डिवलाको १-१ मिलियन सहयोग

प्रतिक्रिया दिनुहोस्