Logo

एक लाख १० हजार बढी कोरोना संक्रमित सन्चो भएर घर फर्किए



Spread the love


यतिबेला विश्व नै कोरोना भाईरसको महामारीसँग जुधिरहेको छ । भाईरसको नयाँ संक्रमन रोक्न कयौं मुलुक लकडाउन गरिएका छन । सर्वसाधारणहरुलाई बाहिर निस्किन, भिडभाड गर्न बन्देज गरिएको छ । पसल, गाडी लगभग बन्द जस्तै छन । नयाँँ संक्रमितको संख्या बढ्दो छ ।

विश्व स्वास्थ्य संगठनले महामारी नै घोषणा गरिसकेको भाईरसको प्रकोप १९२ देश र करीब ४ लाख बढीमा संक्रमण फैलिसकेको छ । कोरोना बिरुद्धको कुनै औषधी नबनेको भएपनि तीमध्ये एक लाख १० हजार बढी कोरोना संक्रमित उपचार पछी घर फर्किएका छन । अहिलेसम्म करिब २० हजारको भने मृत्‍यु भईसकेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाबाट युरोप अझ विशेषगरी अहिले इटाली यसको केन्द्रबिन्दु बनेको छ । गत मंगलबार कोरोना संक्रमणको नयाँ बिरामी भेट्टिएपछी नेपाल एक हप्ताका लागि लकडाउन गरिएको छ । अत्यावस्यक काम बाहेक आरुका लागि हिड्डुल नगर्न निर्देश गरिएको छ । सामान्य बिरामीलाई समेत अस्पताल नजान भनिएको छ । अनावश्यक भिड गर्न बन्देज गरिएको छ । छिमेकी भारतले पनि २१ दिनका लागि पुरै देश लकडाउन गरेको छ ।

कोरोना मानव जातिका लागि खतरा त छ्दैछ । तर, यसलाई न्युनिकरण गर्न भने नसकिने हैन । यसका लागि सरकारले निर्देशन गरेको बाटोमा हिंड्नु र व्यक्तिगत सावधानी नै उत्तम विकल्प हो । यसबाट बच्न नियमित साबुन पानीले हात धुने, मास्क लाउने, भिड्भाडमा नजाने, घरमै बस्ने आदी गर्न सके कोरोना संक्रमणबाट बाच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्