Logo

लकडाउनमा तनावबाट मुक्त हुन के गर्ने ?



Spread the love

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्य नजर गर्दै नेपाल सरकारले लक डाउन गरेको छ । विश्वभर गरी कोरोना संक्रमितको सङ्ख्या ૪ लाख पुगेको छ । भाइरसको डरले विद्यालय, कलेज, जिमहल, सिनेमा हल लगायतका सार्वजनिक स्थानहरु बन्द भएका छन् ।

सरकारले घरैमा बसी कोरोनाबाट जोगिन आग्रह गरेको छ । घरमा बस्दा मानिसहरुको तनाव बढ्न सक्छ । लकडाउनको बेलामा तनावबाट मुक्त हुन यी उपायहरु अवलम्बन गर्न सकिन्छ :

१. संगीत, किताब, चलचित्र र पेन्टिङ्ग

यदि तपाईं मानिसहरुबीच रहेर पनि एक्लो महसुस गर्नु भएको छ भने तपाईं आफूलाई मन पर्ने संगीत सुन्नुहोस्, मन पर्ने लेखकको किताब पढ्नुहोस् । यसै गरी यस अवस्थामा मन पर्ने अभिनेताको चलचित्र हेरेर पनि आफूलाई तनावबाट मुक्त गर्न सकिन्छ । यदि कसै कसैलाई पेन्टिङ्ग आउँछ भने पेन्टिङ्ग गरी तनाव व्यवस्थापन गर्न सकिन्छ ।

२. साथीसँग कुरा गर्नु

घरमा बस्दा बस्दा वाक्क लागेको अवस्थामा साथीहरुसँग भिडियो अथवा अडियो कल गरी तनाव हटाउन सकिन्छ । साथीहरुसँग कुरा गर्दा तपाईंले एकैछिनमा राहत महसुस गर्नु हुनेछ ।

३. शारीरिक अभ्यास गर्नु

शारीरिक अभ्यास गर्दा शरीर तन्दुरुस्त बन्नुका साथै तनाव पनि घट्दछ । अभ्यास गर्दा शरीरमा ह्याप्पी हार्मोन उत्पादन हुन्छ, जसले गर्दा तनाव एकैछिनमा गायब हुन्छ । जिमहल बन्द भएको बेलामा घरमै बसी पुसअप, पुलअप लगायतका सामान्य अभ्यासहरु गर्दा शारीरिक तथा मानसिक दुबै रुपमा फाइदा हुन्छ ।

૪. सन्तुलित आहार

भन्ने गरिन्छ कि खानाले नै व्यक्तिको स्वभाव निर्धारण गर्दछ । त्यसैले सन्तुलित खानालाई प्राथमिकता दिनुपर्दछ । बजारिया खानेकुरालाई निरुत्साहित गरी ताजा फलफूल, ताजा तरकारी, गेडागुडी, माछामासु खानु लाभदायक हुन्छ । स्वस्थ खाना स्वस्थ दिमाग । अनि स्वस्थ दिमाग भए बाँकी कुरा पनि स्वस्थ नै हुन्छ । त्यसैले सन्तुलित आहारलाई ध्यानमा राखौँ ।

५. निद्रा पुरा गर्नु

जो मानिाहरु निद्रासँग सम्झौता गर्दछन् ती मानिसहरुलाई पछि गम्भीर समस्याहरुबाट गुज्रनु पर्ने हुन्छ । निद्रा पुरा नहुँदा शारीरिक तथा मानसिक रुपमा अनेकन समस्याहरु देखा पर्दछन् । तपाईंले निद पुरा गर्नुभयो भने दिनभर स्वच्छ रुपमा काम गर्न सक्नुहुन्छ । कम्तीमा पनि स्वस्थ रहनको लागि ६ देखि ७ घण्टा सुत्नु जरुरी हुन्छ ।

  • एजेन्सीको सहयोगमा

यी पनि पढ्नुहोस् !

सेल्फ क्वारेन्टाइन सुझाव : नेपाली फिल्म हेर्ने मुडमा हुनुहुन्छ भने नछुटाउनुस् यी २५ सुन्दर फिल्म

सेल्फ क्वारेन्टाइन सुझाव : व्यक्तिगत विकासका लागि पढ्न सकिने १२ प्रेरक पुस्तक

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने फरक स्वादका ५५ हलिउड फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरमा रिल्याक्स भएर बस्न अपनाउन सकिने ६ उपायहरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरभित्रको बसाईलाई कसरी फलदायी बनाउने ? अपनाउनुहोस् यी १० उपायहरू

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने बलिउडका ४५ गज्जब फिल्महरू

लकडाउन समय : हेर्नै पर्ने दश बलिउड चलचित्रहरु

प्रतिक्रिया दिनुहोस्