Logo

लकडाउन समय : हेर्नै पर्ने दश बलिउड चलचित्रहरु



Spread the love

प्रत्येक वर्ष हामीले पुरानै कलाकारको पुरानै स्वादको चलचित्रहरुलाई बढी प्राथमिकता दिन्छौँ । जसले गर्दा राम्रा चलचित्रहरु हामीले छुटाएका छौँ । बलिउडमा केही राम्रा चलचित्रहरु पनि बनेका छन् तर मेनस्ट्रिमका व्यवसायिक चलचित्रहरुले गर्दा छायाँमा परेका छन् ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको छ । यो समयमा यी हेर्नै पर्ने चलचित्रहरु हेरेर समय कटाउनुका साथै फरक स्वाद लिन सकिन्छ । हेर्नै पर्ने १० बलिउडका चलचित्रहरुको बारेमा यहाँ छोटकरीमा वर्णन गरिएको छ :

१. मसान

नीरज घायवानको निर्देशनमा बनेको चलचित्र मसान सन् २०१५ मा रिलिज भएको थियो । मसानले फिल्म फेयर अवार्डमा ५ र नेसनल फिल्म अवार्डमा २ अवार्ड जित्न सफल भयो । चलचित्रमा वाराणसी शहरको दुई कथालाई समेटिएको छ ।

२. आँखो देखी

चलचित्र सन् २०१३ मा रिलिज भएको थियो । प्रस्तुत चलचित्रलाई रजत कपुरले निर्देशन गरेका हुन् । चलचित्रमा आँखाले देखिने कुरालाई मात्र विश्वास गर्ने निर्णय एक पात्रले गर्दछ । उक्त पात्र अरु कोही नभएर सन्जय मिश्र हुन्छन् । चलचित्रमा मिश्रको अभिनय दमदार रहेको छ ।

३. तितली

कानु बेहलद्धारा निर्देशित चलचित्र तितली सन् २०१५ मा रिलिज भएको थियो । ग्यांगस्टारको परिवारबाट तितली नामक पात्र बाहिरिन र नयाँ जीवन सुरु गर्न चाहन्छ । यसै विषयवस्तुमा आधारित भएर चलचित्र बनेको छ । यश राज फिल्मको ब्यानरमा बनेको चलचित्र तितली हेर्दा पछुताउनु पर्दैन ।

૪. फिल्मीस्तान

फिल्मीस्तान नितीन कक्करद्वारा निर्देशित चलचित्र हो । चलचित्रमा सन्नी नाम गरेको पात्र हुन्छ । सन्नी असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गर्दछ । एकदिन अपहरणकारीहरुले झुक्किएर सन्नीलाई पाकिस्तान पुर्याउँछन् । पाकिस्तानमा बन्दी बनाएपछि पनि उनको जीउँदो रहने आशा हिन्दी चलचित्र मात्र थियो । फिल्मीस्तानले नेसनल फिल्म अवार्ड पनि पाएको थियो ।

५. चित्तागोंग

बेदब्रत पेनद्वारा निर्देशन गरिएको चलचित्र सन् २०१२ मा रिलिज भएको थियो । प्रस्तुत चलचित्र बेदब्रतले निर्देशन गरेको डेब्यू चलचित्र हो । चलचित्रमा मनोज बाजपेयीको प्रमुख भूमिका रहेको छ । चलचित्रले नेसनल फिल्म अवार्ड प्राप्त गरेको थियो ।

६. शाहिद

अधिवक्ता तथा मानवअधिकारवादी शाहिदको बायोग्राफीमा अाधारित रहेर शाहिद चलचित्र बनाइएको छ । चलचित्रलाई हंशल मेहताले निर्देशन गरेका हुन् । चलचित्रमा मुम्बइ आक्रमणको दुई घटनालाई बढी प्राथमिकतामा राखिएको छ । चलचित्र शाहिदबाट निर्देशक र अभिनेता दुबै नेसनल फिल्म अवार्डद्वारा सम्मानित भएका थिए ।

७. मर्गारिता विथ स्ट्र

प्रस्तुत चलचित्रमा कल्की कोइचलिनको प्रमुख भूमिका रहेको छ । कल्की चलचित्रमा समलिंगी महिलाको भूमिकामा दमदार अभिनय गरेकी छिन् । राम्रो चलचित्र हेर्न खोज्नेले यो चलचित्र छुटाउनु हुँदैन ।

८. गौर हरि दास्तान

ओडिशाका स्वतन्त्र लडाकु गौर हरि दासको कथामा प्रस्तुत चलचित्र बनाइएको छ । चलचित्रलाई अनन्त महादेवनले निर्देशन गरेका छन् । चलचित्रमा विनय पाठकले संवेदनशील पात्रको रुपमा दमदार अभिनय गरेका छन् ।

९. अन्तरद्धन्द्ध

बिहारमा दुलाहाको अपहरण भएको केसमा अाधारित रहेर चलचित्र बनाइएको छ । चलचित्रले नेसनल फिल्म अवार्ड जित्न सफल रहेको थियो । इम्तियाज अलि र राजकुमार हिरानीले पनि चलचित्रको खुलेर प्रशंसा गरेका थिए ।

१०. अग्ली

अग्ली अनुराग कश्यपद्वारा निर्देशित थ्रिलर चलचित्र हो । चलचित्र मार्फत् कश्यपद्वारा भ्रष्टाचार, प्रणालीमा भएको हिंसा लगायत विविध विषयको बेजोड तरिकाले उठान गरिएको छ ।

  • एजेन्सीको सहयोगमा

यी पनि पढ्नुहोस् !

सेल्फ क्वारेन्टाइन सुझाव : नेपाली फिल्म हेर्ने मुडमा हुनुहुन्छ भने नछुटाउनुस् यी २५ सुन्दर फिल्म

सेल्फ क्वारेन्टाइन सुझाव : व्यक्तिगत विकासका लागि पढ्न सकिने १२ प्रेरक पुस्तक

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने फरक स्वादका ५५ हलिउड फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरमा रिल्याक्स भएर बस्न अपनाउन सकिने ६ उपायहरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरभित्रको बसाईलाई कसरी फलदायी बनाउने ? अपनाउनुहोस् यी १० उपायहरू

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने बलिउडका ४५ गज्जब फिल्महरू

लकडाउनमा तनावबाट मुक्त हुन के गर्ने ?

प्रतिक्रिया दिनुहोस्