Logo

कोरोना संक्रमित युवा यूएईबाट एयर अरेबियाको जहाजमा आएको निश्चित



Spread the love

१२ चैत, काठमाडौं । आज मात्रै कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित पुष्टी भएका व्यक्तिको पहिचान खुलेको छ । उनी गत चैत ६ गते युनाइटेड अरब इमिरेट्स (यूएई) बाट एयर अरेबियाको जहाजबाट नेपाल आएको निश्चित भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार भर्चुअल प्रेसमिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका छन । उनी काठमाडौं आएपछी होटेलमा बसेको र स्वास्थ्यमा असहज महसुस भएपछी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए । उनको नाम भने गोप्य राखिएको छ । स्वाब परिक्षण पछी उनीमा कोरोना पोजिटिभ रहेको पुष्टी आज मात्रै भएको थियो ।

उनि मार्च १९ (चैत ६) गते एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नोट : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार भर्चुअल प्रेसमिटमा कतारबाट आएका युवा भनेर जानकारी दिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले सच्याइएको भनेर निकालेको सूचना ।

यो पनि पढ्नुहोस् !

नेपालमा कोरोना संक्रमित तेस्रो व्यक्ति भेटिए

प्रतिक्रिया दिनुहोस्