Logo

राजपाका सांसदले १५ दिनको तलब दिने



Spread the love

१३ चैत, काठमाडाैँ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन बमोजिम सांसदले १५ दिनको तलव दिने भएका पार्टीका महासचिव केशव झाले जानकारी दिए । राजपाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी हाल १८ सांसद रहेका छन् । यसअघि राजपाले विज्ञप्ति निकालेर कोभिडको सङ्क्रमण नियन्त्रणका लागि सरोकार भएका सबैलाई एकजुट हुन अपिल गरेको थियो ।

–––

प्रतिक्रिया दिनुहोस्