Logo

चीनमा कोरोनाः बन्द भएका फिल्म हल खुल्दै



Spread the love

एजेन्सी । लगभग तीन महिना कोरोना भाइरसबाट लडिरहेको चीनमा फिल्म हलहरु खुल्न थालेका छन् । चीनमा कोरोनाबाट संक्रमित र मृत्यु हुनेहरुको सङ्ख्या घट्न थालेपछि फिल्म हलहरु खुल्न थालेका हुन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि चीनमा फिल्म हल बन्द भएका थिए । तर अहिले ५ सय भन्दा बढी फिल्म हलहरु सञ्चालनमा आइसकेको चीनीया मिडियाले जनाएका छन् ।

चीन हलिउडको लागि सबैभन्दा बढी कमाइ हुने दोस्रो ठाउँ हो । चीनमा हल बन्द हुँदा हलिउड मात्र नभएर अन्य क्षेत्रमा पनि प्रभाव पर्ने गर्दछ ।

चीनमा दर्शकलाई आकर्षित गर्नको लागि एभेन्जर्स, अवतार, इन्सेप्सन जस्ता पुराना हलिउड चलचित्रहरु प्रदर्शन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्