Logo

धनकुटामा यात्रुबाहक बस दुर्घटना,७ को मृत्यु



Spread the love

Dhankuta-Busधनकुटाको परेवादिन ५ को छिदुवा बजार नजिकै एक यात्रुबहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनी माओवादी केन्द्रका नेता तथा पूर्वसभासद समेत हुन्।

छिदुवा बजारको चर्च नजिकै २ सय मिटर तल खसेको बताइएको छ ।छिदुवा बजारको चर्च नजिकै २ सय मिटर तल खसेको बताइएको छ ।छिदुवा बजारको चर्च नजिकै २ सय मिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा तीस-चालिस जना घाइते भएको र उनीहरुलाई उपचारका लागि बिभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयहरु उद्धारमा खटिरहेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवको नेतृत्वको टोली खटिएको  छ।

प्रतिक्रिया दिनुहोस्