Logo

कोरोना अपडेटः २१ हजार बढीको मृत्यु, एकै दिन २३ सय बढीले गुमाए ज्यान



Spread the love

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म २३ हजार ३ सय ९८ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंसारभरि ४ लाख ७१ हजार ६० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख १४ हजार २ सय १८ जना उपचारपछि घर फर्किएका छन् । ३ लाख ३५ हजार ५ सय ५८ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९८ भन्दा बढी देशमा देखा परीसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २ सय ८७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार २ सय ८५ जना सङ्क्रमित रहेका छन् । बिहीबार प्राप्त समाचारअनुसार ७४ हजार ५१ व्यक्ति उपचारपछि घर फर्किएका छन् । अब चीनमा जम्मा ३ हजार ९ सय ४७ जनामा मात्र कोरोनाको संक्रमण रहेको छ ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ७ हजार ५ सय ३० व्यक्तिको मृत्यु भएको छ । हाल ७४ हजार ३ सय ८६ जना सङक्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार ९ हजार ३ सय ९२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण ९ हजार ९ सय ४३ व्यक्तिको मृत्यु भएको छ । हाल १३ हजार ९ सय ६३ जना सङक्रमित रहेका छन् । ८ हजार ९ सय १३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ७७ व्यक्तिको मृत्यु भएको छ । हाल २७ हजार १७ जना सङक्रमित रहेका छन् । बिहीबार प्राप्त एक समाचारका अनुसार ९ हजार ६ सय २५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । स्पेनमा २४ घण्टाको अवधिमा मात्रै ६ सय ५६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार २७ व्यक्तिको मृत्यु भएको छ । हाल ६८ हजार २ सय ३ जना सङक्रमित छन् भने, ३ सय ९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा बुधबार थपिएका १ जना कोरोना संक्रमित सहित कुल संक्रमित संख्या ३ पुगेको छ भने १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसै गरी २४ घण्टाको अवधिमा विश्वभर ४८ हजार ४ सय ८६ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन् भने २ हजार ३ सय ८९ जना संक्रमितले ज्यान गुमाएका छन् । जम्मा संक्रमित मध्ये १ लाख १४ हजार २ सय १८ जना उपचारपछि निको हुँदा १४ हजार ७ सय ९२ जना गम्भीर अवस्थामा कोरोनासँग जुधिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्