Logo

बार्यन र डर्टमुण्डका खेलाडीहरु पारिश्रमिक कटौतिका लागि राजी



Spread the love

एजेन्सी । बार्यन म्युनिख र बोरुसिया डर्टमुण्डका खेलाडी तथा निर्देशकहरु पारिश्रमिकमा अस्थायी कटौतिका लागि तयार भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण खेलहरु स्थगित भएसंगै खेलाडी तथा निर्देशकहरु सहमतिमा पारिश्रमिक कटौतिका लागि राजी भएको जनाइएको छ ।

उनीहरुको तलब २० प्रतिशतले कटौती गरिएको बताइएको छ । संकटको घडीमा क्लबले अरु कर्मचारीलाई आर्थिक सहयोग गर्न सकोस् भनेर खेलाडीहरु तत्कालका लागि पारिश्रमिक नलिन तयार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्