Logo

जति रिचार्ज, उति नै बोनस



Spread the love

१३ चैत, काठमाडाैँ – नेपाल टेलिकमका ग्राहकले जति रिचार्ज गर्यो उति रकम नै बोनस स्वरूप पाउने भएका छन् । सरकारले गरेको लकडाउनले ग्राहकलाई नियमित सञ्चारमा समस्या नहोस् भन्दै टेलिकमले सो योजना लागु गरेको हो ।

यस योजना अन्तर्गत आजबाट रिचार्ज गर्ने हरेक ग्राहकले सोही रकम बराबर बोनस स्वरूप प्राप्त गर्नेछन् ।

टेलिकमका ग्राहकले प्राप्त गरेको बोनसले एसएमएस गर्न, फोन गर्न तथा डाडा चलाउन सकिनेछ । तर, टेलिकम भन्दा बाहिरका नेटिवर्कमा एसएमएस र फोन गर्दा मेन ब्यालेन्सबाट शुल्क काटिनेछ ।

प्रतिक्रिया दिनुहोस्