Logo

लकडाउनको माहोल – अफिसमा गरिने काम भन्दा घरमै बसेर गरिने काम प्रभावकारी !



Spread the love

एजेन्सी । कोरोनाभाइरस संक्रमणका कारण नेपालमात्रै होइन विश्वका कयौँ देशहरुमा समेत अहिले लकडाउनको माहोल छ । घरबाहिर निस्कन नसक्दा अहिले कतिपय व्यवसाय बन्द छन् । कतिपय आंशिक रुपमा मात्रै प्रभावित भएका छन् ।

अर्कोतर्फ लकडाउनले गर्दा अफिसको काम घरमै बसेर गर्ने ट्रेन्डसमेत बढाएको छ । पछिल्लो समय बढ्दै गएको प्रविधिको प्रयोगले कार्यक्षेत्रमै गएर गर्नुपर्ने कामको दायरा पनि खुम्चिँदै गएको छ । एक अनुसन्धानले अफिसमा गएर काम गर्ने भन्दा घरबाटै काम गर्नेले धेरै आराम गर्नसक्ने र बढी उत्पादकत्व दिनसक्ने दाबी समेत गरेको छ । घर र कार्यालयको समय व्यवस्थापन गर्न नसक्दा पारिवारिक मनमुटाव र बेमेल सिर्जना हुन्छ । त्यसैले घरमा बसेर गरिने कामले परिवारमा समस्या ल्याउँछ भने यसले मनोवैज्ञानिक अवस्थालाई समेत नाजुक बनाउँदै जान्छ ।

अनुसन्धानले अफिसमा गएर काम गर्ने भन्दा घरबाटै काम गर्नेले धेरै आराम गर्नसक्ने र बढी उत्पादकत्व दिनसक्ने दाबी समेत गरेको छ । घरमा काम गर्नेले अफिसमा गएका कर्मचारीभन्दा दैनिक ४ मिनेट बढी आराम गर्ने गर्छन् । अफिसमा काम गर्नेले खाजा खाने समय बाहेक पनि दैनिक ३७ मिनेटको समय कामविहीन (आइडल) भएर बस्ने गरेको अनुसन्धानले देखाएको छ ।

अर्कोतिर, बचतको हिसाबले हेर्ने हो भने घरमा बसेर काम गर्नेले अफिस जाँदा र आउँदा हुने इन्धनको खपत वा सार्वजनिक सवारीको भाडाको बचत गर्नसक्ने भएकोले त्यसले यस्तो कामलाई थप उत्पादनशील बनाउने गरेको समेत सो अनुसन्धानको दाबी छ ।

अहिले विश्वमा चलिरहेको महामारी कहिलेसम्म लम्बिने हो भन्ने अहिलेसम्म कसैलाई पनि थाहा छैन । जति नै समय लिए पनि घरमा ‘बन्दी’ हुनुपर्दाको समयलाई उत्पादनशील बनाएर आर्थिक उपार्जन गर्ने चाहिँ तपाइँकै भरमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्