Logo

कोरोना अनि चीनको झुट



Spread the love

कोरोना भाइरस (कोभिड-१९) को महामारी चीनको बुहान सहरबाट सुरु भयो । विश्वमा सबैभन्दा संक्रमणको केस चीनमा दर्ता भए पनि पछिल्लो केही दिनदेखि थोरै मात्रामा नयाँ संक्रमणको केस दर्ता गरिएको छ । अस्थाई रूपमा निर्माण गरेको अस्पताल निष्क्रिय छ । आपत्कालीन स्थितिको लागि परिचालन गरिएका कर्मचारीहरूलाई घर पठाइँदै छ । चीन आफूले आफूलाई सही स्थितिमा ल्याउँदै छ भने विश्वका अन्य देशहरू सङ्गर्ष गर्दै छन् ।

पुरै विश्वमा लगभग ५ लाख संक्रमणको केस देखा परिसकेको छ । महामारीको सुरुवातको दिनमा देखा पर्ने संक्रमणको तुलनामामा यो आकंडा दिनप्रतिदिन डबल हुँदै गई रहेको छ । २१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने १ लाख भन्दा बढी संक्रमणमुक्त भई सकेका छन् । चीनमा सबैभन्दा धेरै संक्रमण देखिएता पनि अहिले त्यो आँकडामा कमी आउँदैछ तर चीन बाहिर महामारी फैलिरहेको छ । मृत्युदर दिनप्रति दिन बढ्दै छ ।

कसैको गल्तीको नतिजा त पक्कै हो यो महामारी तर कसको ? को जिम्मेवार छ महामारी फैलिनुको पछाडि ? चीनले यसको जिम्मेवारी लिनुपर्छ । जसको कारण हो, चीनले भाइरसले मानवजातिलाई पार्न सक्ने प्रभावको जानकारीलाई हप्तौँसम्म बेवास्ता गर्‍यो जब यो केस पहिलो पटक दर्ता गरिएको थियो । चीनले ती व्यक्तिलाई आफ्नो निशाना बनायो जसले पुरा विश्वलाई यो भाइरसबारे सावधान गर्न चाहे । चीनले बिरामीबाट लिएको टेस्ट स्याम्पल नष्ट गर्‍यो । चीनले विश्वलाई भाइरसको उत्पत्तिबाट उत्पन्न भएको अवस्थाको गम्भीरताबारे ढाँट्यो । मध्य-जनवरी आउँदा आउँदा जसले तीव्र रूपमा फैलिरहेको महामारीको प्रमाण चीनको अधिकारीहरूद्वारा नकारियो ।

कुनै पनि देशको जिम्मेवारी हुन्छ कि तुरुन्तै डब्ल्यूएचओलाई जानकारी दिनु यदि त्यहाँ महामारी फैलिएको छ भने तर चीनद्वारा सो कदम उठाइएन । अझ डब्ल्यूएचओलाई यस भाइरसको बारेमा पत्ता लगाउन स्वीकृति समेत दिइएन । जब चीन आइसोलेट भइसकेको थियो त्यसको एक हप्तापछि यस भाइरसको बारेमा महत्त्वपूर्ण जेनेटिक जानकारी विश्व समुदायलाई गराइयो । चीन सरकारले हजारौँ चिनियाँ जनतालाई बिना रोकटोक विश्वको कुनै पनि देशमा जान प्रवेश निषेध गरिएन जो यस भाइरसबाट प्रभावित थिए । किनकि विश्व समुदायलाई यस भाइरसको गम्भीरताबारे त्यति ज्ञान नभएको कारण पर्यटकको स्वागत गरियो । फलस्वरूप चीनबाट बाहिर पनि यो महामारी फैलिन सुरु भयो ।

यो महामारीको केन्द्र चीन भए पनि अहिले सबैभन्दा भयावह अवस्था युरोमा छ । चीनमा ८१ हजार भन्दा बढीमा संक्रमण देखिएता पनि मृत्यु हुने सङ्ख्या ३ हजार २ सय ८७ छ । जहाँ युरोपको दुई देश इटाली र स्पेनमा मृत्यु हुनेको सङ्ख्या चीनको भन्दा बढी छ ।

यस संक्रमणको कारणले विश्वभरि महामारी मात्र नभई चीन विरोधी भावना फैलिरहेको छ । यसैको साथ चिनियाँ मोडेलको विश्वासमा पनि प्रश्न चिन्ह उठेको छ । चीनले जुन समस्या निम्तायो त्यसको नकारात्मक परिणाम विश्वले व्यहोरी रहेको छ । यो महामारी फैलिएदेखि विश्वभरि चीनको छविमा नकारात्मक असर परेको छ । त्यसैले यो महामारीको अन्त्यपछि चीन पहिले जस्तो नहुन पनि सक्छ । आर्थिक रूपले शक्तिशाली देशहरूले चीनमाथिको निर्भरता राख्दाको परिणाम भोगिरहेका छन् ।

भविष्यमा सोही परिणाम भोग्न नपरोस् भन्नको लागि महामारीको अन्त्यपछि चीनमा काम गर्ने विदेशी कम्पनीहरू चीनमा नभई भियतनाम, भारत र बङ्गलादेश जस्ता लगानी सुरक्षित हुने देशमा पलायन हुने आशंका बढ्दै गइरहेको छ । यसले गर्दा चीनको अर्थ व्यवस्थामा मात्र नभई उसको विश्वव्यापी प्रभाव समेत कम हुने देखिन्छ ।

यदि चीनले कोरोना भाइरसको बारेमा पारदर्शी भई दिएको भए ९५ प्रतिशत फैलिएको संक्रमण रोक्न सकिने थियो । तर ठिक उल्टो डिसेम्बर महिनाबाट फैलन सुरु भएको भाइरस जनवरीको केही हप्ता सम्ममा पनि विश्व समुदाय अनभिज्ञ थियो । तर यहाँ गल्ती मात्रै चीनको छैन । युरोप-अमेरिका जहाँ अहिले महामारीले भीषण रूपले लिएको छ । सायद युरोप- अमेरिकामा पनि यस्तो हुँदैन थियो होला यदि चीनलाई जिस्काउनको साटो सावधानी अपनाएको भए ।

युरोप र अमेरिकासँग अत्याधुनिक प्रविधि थियो र भाइरसको बारेमा जानकारी थिएन त्यसैले अहिले त्यहाँ भाइरसले महामारीको रूप लिएको छ । नेपालसँग अत्याधुनिक प्रविधि छैन तर भाइरस फैलन नदिन सरकारले कडा भन्दा कडा निर्णय लिन जरुरी छ । अन्यथा इटालीको भन्दा डरलाग्दो स्थिति नेपालमा आउन सक्छ ।

अहिले हामी यो भाइरससँग लड्न सक्दैनौँ , भाग्न मात्र सक्छौँ । त्यसैले घर बाहिर होइन घरभित्र बसौँ । सरकारलाई सहयोग गर्न लकडाउनको पालना गरौँ, स्वस्थ रहौँ ।

प्रतिक्रिया दिनुहोस्