Logo

बिल गेट्स : जसले असफलताबाट पाठ सिक्दै सफलताको शिखर चुमे



Spread the love

मानव विकासको इतिहासमा नजाने कैयौं असफलताहरू भए होलान् । लिखित इतिहासको परम्परा सुरु हुनु भन्दा पनि कैयौं अघिदेखि मान्छेहरू आफ्ना विराट सफलता चुम्नका लागि असफलताको काँडाले कतिपल्ट बिझाइरहे । किनकि मानव जातिको उत्पत्ति केवल बाँच्नका लागि मात्रै नभएर, संसारमा आफ्नो अस्तित्व निर्माण र शासनका लागि पनि थियो । त्यसैले त ऊ सङ्घर्ष गर्न कहिल्यै पछि हटेन । चाहे जस्तोसुकै परिस्थितिबाट ऊ किन नगुज्रियोस् !

तर, के तपाई आफुले भोगेका केही असफलता कै कारण चिन्तित हुनुहुन्छ ? जिन्दगीमा म अब केही पनि गर्न सक्दिन, मेरो जिन्दगी बर्बाद भयो, जस्ता अनेक सोचले आक्रान्त हुनुहुन्छ ? स्वाभाविक हो, यस्तो महसुस जिन्दगीको यात्रामा जो-कोहीलाई पनि एक-न-एकपल्ट त हुन्छ नै । यो बस् एउटा अनुभुति हो, वास्तविकतामा यसको कुनै प्रभाव हुँदैन ।

बस् तपाई यसबाट मुक्त हुने साहस लिनुस् । त्यो साहसमा ढाढस दिन तपाईका लागि हजारौं-लाखौं प्रेरणाहरू तयार भएर बसेका छन् ।

आज हामीले त्यस्तै एउटा ढाढस लिएर आएका छौं । तपाई कै लागि । सल्लेरी खबरको एउटा सानो प्रयास- सल्लेरी प्रेरणा मार्फत । यसमा हामी असफलता चिरेर सफलता चुम्ने महान हस्तीहरूका कथा ल्याउनेछौं । ताकि एउटा सानो असफलता कै कारण तपाईमा रहेको असीमित सामर्थ्य र सम्भावना त्यसै खेर नजाओस् ।

सुन्नुस् है त !

यो कथा हो- संसार कै सबैभन्दा धनाढ्य व्यक्ति ‘बिल गेट्स’ को । बिल गेट्स केवल एक धनाढ्य व्यक्ति मात्र नभएर, एक प्रेरक पनि हुन् । जसले मेहेनत, लगनशीलता र सपना भयो भने जस्तोसुकै आममानिस पनि संसारलाई चकित पार्दिन सक्छ भन्ने प्रमाणित गरे । बस् ! तपाई आफ्नो सपना चुम्न यति लालायित हुनुस् कि- नाथे असफलताले तपाईलाई एक डेग पनि चलाउन नसकोस् ।

बिल गेट्स सन् १९५५ मा अमेरिकाको सियटलमा जन्मिए । उनका बाबु वकिल थिए । परिवार मध्यमवर्गीय । खान-लाउन कमी थिएन । बाबु वकिल, छोरा पनि वकिल नै बने । उनका बाबुले छोरा पनि आफ्नै क्षेत्रमा लागे जिन्दगी सजिलो होला भन्ने लागेर उनलाई पनि वकिल नै बनाएका थिए ।

अक्सर बाबु-आमा यस्तै त सोच्छन् नि हैन र !

तर, बाबुले वकिल बनाउँदैमा कहाँ उनीभित्रको बेल गेट्स परिवर्तन हुन्थ्यो र ! उनी कहाँ बाबुजस्तै एउटा वकिलमा सिमित हुन जन्मिएका थिए र !

उनी त संसारलाई नै चकित पार्न चाहन्थे- आफ्नो कलाकौशल र सामर्थ्य मार्फत् । १७ वर्ष कै उमेरमा उनले आफ्नो नेतृत्वकलाको नमुना देखाइसकेका थिए । उनको एकजना साथी पल एलेनसँग मिलेर उनले एउटा कम्पनी बनाएका थिए । यसबाट उनीहरूले अमेरिकाको ट्राफिक डाटा संकलन, प्रशोधन तथा विश्लेषण गर्ने सफ्ट्वेरको निर्माण गरे । कागजी दुनियाँमा उनीहरूको यो डिजिटल प्रयास तारिफयोग्य बन्यो ।

त्यतिबेला ट्राफिक डाटा लिने कुनै पनि उपकरण थिएन । मान्छेहरूले नै लिने चलन थियो । तर, उनीहरू त्यस्तो उपकरण बनाउन चाहन्थे जसले सजिलै डाटा संकलन गर्न सकोस् ।

लामो प्रयासपछि उनीहरूले त्यो उपकरण बनाएरै छोडे । दुबैजना खुब खुसी भए । लामो समयको मेहेनत साकार हुँदै थियो । उनीहरूले आफुले बनाएको उपकरण हेर्नका लागि सरकारलाई अनुरोध गरे । उनीहरूको अनुरोध स्वीकार गर्दै ट्राफिक विभागका कर्मचारी उनीहरूको काम हेर्न आउने निधो भयो ।

उपकरणको प्रदर्शनी हुने त्यो दिन, अफसोस, बिल गेट्सका लागि नराम्रो साबित भयो । उनीहरू असफल भए । उपकरणले काम गरेन । अरु दिन काम गरिरहेको उपकरण, त्यसदिन गलत साबित भयो । सारा सरकारी अफिसरले उनीहरूको कामलाई ‘बचपन’को संज्ञा दिदै खिल्ली उडाए । सुरु हुन नपाउँदै उनीहरूको बिजनेश चौपट भयो ।

बिजनेश फेल भएको थियो, बिल गेट्स हैन । उनी त झन् ठुलो सफलताका लागि तयार हुँदै थिए । असफलताको नमिठो स्वादलाई जिन्दगीको पाङ्ग्रमा रगड्दै उनी लामो दौडमा हिडे ।

सन् १९७३ मा उनले शानदार स्याट अंकका साथ विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालय जोइन गरे । तर उनलाई त्यसले पनि पुगेन । उनले कलेजको पढाइ छोडे । सदाका लागि । उनै साथी पल एलेनसँगको पार्टनरशीपमा उनले माइक्रोशफ्टको स्थापना गरे । सुरुमा परिवारले उनलाई आवारा पनि भने । उनलाई गाली गरे, सम्झाए । तर अहँ ! उनले त देखिसकेका थिए- आफ्नो सपना । अन्ततः परिवारले मान्नुको बिकल्पै रहेन ।

अहिले माइक्रोशफ्ट र बिल गेट्स कहाँ छन्- त्यो त तपाई हामी सबैलाई थाहा भएकै कुरा हो ।

त्यसैले, असफलता हरकोहीको जिन्दगीमा आउँछन् नै । बस् फरक यत्ति हो कि- कोही यसको सामना गर्दै यात्रालाई थप मजबुत बनाउन थाल्छन् त कोहि भने थकाइ मार्छन् र यात्रा टुङ्ग्याउँछन् ।

साहस गर्नुस्, तपाईभित्र असीमित क्षमता छ, त्यसको पहिचान गर्नुस् र मर्न दिनुको साटो मलजल गर्नुस् । एकदिन तपाईको सफलता देखेर तपाई आफै छक्क पर्नुहुनेछ ।

यो पनि पढ्नुहोस्ः

आवाज बिना नै संसारलाई चकित पार्न सफल चार्ली चाप्लिनको प्रेरणादायी कथा

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्