Logo

लकडाउनमा फेसबुकमार्फत् नाटक हेर्न पाइने



Spread the love

काठमाडौँ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै देशमा लकडाउन गरिएको छ । लकडाउन भएको बेलामा परिवारसँग बस्न पाउनुका साथै घरमा बस्दा बस्दा दिक्क भई बाहिर निस्कन नपाएर मानिसहरू चिन्तित पनि भएका छन् ।

फाइल तस्बिर

अब भने दिक्क मान्नु पर्ने छैन । विश्व रंगमञ्च दिवसको अवसर पारेर क्वारेन्टाइन अभियान नाट्य उत्सव मार्च २७ अर्थात् विश्व रंगमञ्च दिवसको दिनबाट थालनी हुँदैछ । प्रस्तुत नाट्य महोत्सव १ सातासम्म चल्नेछ ।

कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनको संयुक्त आयोजनामा फेसबुक लाइभमार्फत नाटक देखाइने छ ।

सेल्फ क्वारेन्टाइनमा छँदा पनि रंगमञ्चबाट टाढिन नपरोस् भन्ने हेतुले नाट्य महोत्सव सुरु गरिएको आयोजकले बताएको छ ।

नाटक हरेक साँझ पाँच बजे थिएटर मलको फेसबुक लाइभबाट हेर्न सकिनेछ । फेसबुक लाइभमा पनि नाटककै नियमहरू पालना गरिनेछ । नाटकलाई पुनः हेर्न पाइने छैन । लाइभ स्ट्रिमिङ्ग भएको नाटकको भिडियो डाउनलोड अथवा रेकर्ड गरेको पाइएमा साइबर कानुन लाग्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्