Logo

क्वारेन्टाइनमा छोरालाई राख्दा बैतडीमा बाबुले कुटे स्वास्थ्यकर्मी



Spread the love

बैतडी। भारतबाट फर्केर आएको छोरालाई घर जान नदिई क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुर्चौडी नगरपालिकाकाका एक स्थानीयले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन्। भूमिराज माविमा बनाइएको क्वारेन्टाइनमा छोरा सुनिललाई राखेको विरोधमा नरेन्द्रले बुधबार राति स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्।

नरेन्द्रले आफ्ना छोरा सुनिललाई क्वारेन्टाइनमा राख्न नपर्ने भन्दै छोड्न भनेका थिए। तर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीले १४ दिनसम्म छोड्न नमिल्ने बताएपछि विवाद उत्पन्न भएको थियो।

घटनापश्चात नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवर र प्रमुख प्रशासकीय अधिकृत पृथ्वीराज अवस्थीले विज्ञप्ति निकालेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

भारतबाट आएका नेपालीलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने केन्द्र सरकारले निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्