Logo

कोरोनाबाट भारतमा १६ को मृत्यु, ६५६ जना संक्रमित



Spread the love

एजेन्सी । कोरोनाको बढ्दो संक्रमितबारेमा केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार कोरोनाको संक्रमण बढिरहेको र यसको बारेमा केही भन्न नसकिने बताएको छ ।

भारतमा कोरोनाको कहर बढिरहेको छ । देशको विभिन्न ठाउँमा कोरोना संक्रमित मानिसहरु भेटिएका छन् । पछिल्लो २૪ घण्टामा ૪२ नयाँ केस भेटिएको छ भने ૪ जनाको मृत्यु भइसकेको छ । भारतमा आजसम्म गरी १६ जनाको मृत्यु भएको छ भने ६५६ जना संक्रमित रहेका छन् । फरक-फरक प्रदेशमा संक्रमितको सङ्ख्या बढिरहेको छ ।

जसले गर्दा प्रशासनलाई कडा रुपमा प्रस्तुत हुन परेको छ ताकी मानिसहरु आफ्नो घरमै रहुन् । कोरोनाबाट गुजरात, महाराष्ट्र र कश्मीरमा बिहीवार एक-एक जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा कोरोना संक्रमितको सङ्ख्या धेरै देखिएको छ । महाराष्ट्रमा १२५ जना कोरोना संक्रमित छन् भने ૪ जनाले ज्यान गुमाइसकेका छन् ।

बिहीबार जम्मु कश्मीरको श्रीनगरमा ६५ वर्षीय बिरामीले कोरोनाको कारणले ज्यान गुमाएका छन् । श्रीनगरको सीडी अस्पतालले यस कुराको पुष्टि गरेको थियो । भारतमा १६ जनाले ज्यान गुमाउँदा र ६५६ जना संक्रमित हुँदा ૪७ जना निको भई घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्