Logo

कोरोनाले स्पेनमा नेपालीलाई भेट्यो



Spread the love
coronavirus,3d render

१४ चैत, स्पेन – युरोपियन मुलुक स्पेनमा रहँदै आएका ४ नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित ४ जना नै स्पेनको केन्द्र क्याटलोनियामा बस्दै आएको भन्ने बताइएको छ ।

स्पेनमा कोरोना संक्रमित ४ जना नै पुरूष भएको बताइए पनि उनिहरूको विवरण श्रोतले गोप्य राखेको छ । संक्रमित मध्ये ३ जनाको अवस्था सामान्य रहेको भएता पनि एक जनाको भने आइसीयूमा राखेर उपचार भइरहेको छ ।

कोरोना भाइरसबाट स्पेन सबैभन्दा संक्रमित हुने दोश्रो मुलुक भएको छ । स्पेनमा करिब ४ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने ५७ हजार ७ सय जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्