Logo

बलिउडकी चर्चित नायिका निम्मीको निधन



Spread the love

एजेन्सी । बलिउड नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ । बुधबार बेलुकी उनको मुम्बई स्थिती आफ्नै निवासमा मृत्यु भएको हो । रिपोर्टलाई विश्वास गर्ने हो भने निम्मी लामो समयदेखि बिरामी थिइन् ।

उनले गरेका हिट फिल्म ‘बरसात’ ‘उड़न खटोला’, ‘आन’, ‘दाग’, ‘अमर’, ‘भाई-भाई’, ‘मेरे महबूब’, ‘पूजा के फूल’ हुन् । यी फिल्ममा उनले निर्बाह गरेको चरित्रहरु अहिले पनि दर्शकहरुको मन मनमा बस्न सफल भयका छन्। 

सन् २००७ मा उनका लेखक श्रीमान् रजाको निधन भएको थियो । ऋषि कपुर, महेश भट्ट, दिव्या दत्ता, जावेद जाफरीलगायत दर्जनौं बलिउडकर्मीले उनको निधनमा शोक प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्