Logo

कोरोना भाइरसको कहर – थोरै यथार्थ, धेरै अफवाह



Spread the love

एजेन्सी । आजको विश्वमा कुनै पनि आतङ्कले छुन नसकेका क्षेत्रहरू समेत कोरोना भाइरसले तहसनहस बनाउने अवस्था पुर्याएको छ । यो भाइरसबाट जो सङ्क्रमित भएका छन् । उनीहरु त आतङ्कित छन् नै यस रोगले सङ्क्रमित नभएका क्षेत्र र मुलुकमा पनि आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा नकारात्मक तरिकाले प्रभावित भएका छन् । यो भाइरसको सङ्क्रमण हुने क्रम दिन दुई गुणा रात चार गुणाका दरले बढिरहेको छ ।

चीनको हुवान प्रान्तमा ३० डिसेम्बर २०१९ मा पहिलो पटक यो रोगको लक्षण देखा परेको थियो । सामान्य रूघाखोकी र निमोनियाको लक्षणका देखिएर अस्पताल आएका मानिसमा देखिएको यो रोग अहिले संसारकै टाउको दुखाइ भएको छ । चीनको उहान प्रान्तमा पहिलो पटक देखा परेको यो रोग केबाट र कोबाट सुरु भयो र अन्य मानिसमा कसरी फैलियो भन्ने आजको दिनसम्म स्पष्ट हुन सकिएको छैन । संसारभरका वैज्ञानिक यस बारेमा अनेक कोणबाट अनुसन्धारत छन् । तर निचोडमा पुग्न सकिरहेका छैनन् ।

कोरोना भाइरस संसारभरि फैलिँदै जाँदा यसको त्रास पनि बढिरहेको छ । अनि यससम्बन्धी वाहियात दाबीहरू, षड्यन्त्र सिद्धान्तहरू र गलत सूचनाहरू पनि फैलिरहेका छन् । संसारभरि कोरोनाका बारेमा गलत सूचना प्रवाह भइरहँदा विश्व स्वास्थ्य संगठनले यसलाई ‘इन्फोडेमिक’ अर्थात् सूचना संक्रमण भनेको छ । टिकटकसँग मिलेर उसले भ्रमहरू चिर्न कोशिश थालेको छ । नयाँ कोरोनाभाइरसका सम्बन्धमा रहेका सत्य र भ्रम कुरा यसप्रकार छन् :

के कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सर्छ? -हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन।यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्त्तिमा सर्दछ।
यो कोरोना भाइरसले वृद्धवृद्धालाई मात्र बढी असर गर्छ कि युवावर्ग पनि यसको जोखिम हुन्छन्?
-सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्दछ। तर ज्येष्ठ नागरिक र पहिल्यै देखिनै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ।
कोरोना भाइरसबाट बच्ने वा उपचार गर्ने कुनै औषधि छ?
-हालसम्म यस भाइरसबाट संक्रमित गम्भीर बिरामीलाई अस्पतालमा भर्ना गरी लक्षण अनुसारका विशेष उपचार तथा स्याहार गरिन्छ।यसको उपचारको वारेमा धेरै देशहरुमा अध्ययन अनुसन्धान भइरहेको छ भने विश्व स्वास्थ्य संगठनले साझेदारहरुसँगको समन्वयमा यस विषयमा अध्ययन र अनुसन्धानलाई तीव्र रुपले अघि बढाइरहेको छ।
विमानस्थलमा राखिएको थर्मल स्क्यानरबाट कोरोना भाइरस संक्रमित भए वा नभएको थाहा पाउन कत्तिको प्रभावकारी हुन्छ?
-थर्मल स्क्यानरले कुनैपनि व्यक्तिलाई ज्वरो (शरीरको तापक्रम सामान्यभन्दा बढी) आए वा नआएका थाहा पाउन मद्दत गर्दछ। कोरोना भाइरसको संक्रमणका लक्षण देखिन २ देखि १४ दिन लाग्ने भएकोले यदि कोही व्यक्तिलाई यसको संक्रमण भइसकेको तर ज्वरो नदेखिएको अवस्थामा यो थर्मल स्क्यानरले पत्ता लगाउन सक्दैन।
के पुरै शरीरमा अल्कोहल वा क्लोरिन लगाएमा वा छरेमा कोरोना भाइरस मर्छ?
-शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल वा क्लोरिन पुरै शरीरमा लगाउँदा वा छर्कंदा यो भाइरस मर्दैन। बरु यसरी छर्कनाले तपाईको लुगा वा शरीरमा रहेका स –साना छिद्रहरुका साथै आँखा, मुख, नाक आदिमा हानी पुग्न सक्दछ। याद राख्नुहोस्, सहि मात्रामा प्रयोग गरिएको खण्डमा अल्कोहल र क्लोरिनले भुइँ वा सतहलाई निःसंक्रमण गर्न मद्दत गर्दछ।
के घरपालुवा जनावरबाट कोरोना भाइरसको संक्रमण हुन वा सर्न सक्छ?
-हालसम्म घरपालुवा जनावर जस्तै कुकुर, बिरालोआदि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छैन। तर घरमा पालिएका जनावरलाई छोए पश्चात सधैं साबुन पानीले मिचिमिचि हात धुनुपर्छ। यसरी साबुनपानीले हात धोएमा घरपालुवा जनावरबाट मानिसमा सर्न सक्ने ‘इकोली’ र ‘साल्मोनेल्ला’ जस्ता विभिन्न जीवाणुका संक्रमणबाट सुरक्षित हुन्छं।
के कोरोना भाइरस गर्मी मौसममा वा आद्रता भएको तापक्रममा बाँच्न सक्छ?
-कोरोना भाइरस गर्मी वा जाडो र आद्रता वा सुख्खा तापक्रम भएका सबै ठाउँहरुमा फैलिसकेको छ। गर्मी वा जाडो जहाँ बस्ने भएपनि सावधानी अपनाउनुपर्छ। यसबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुनु पर्छ।खोक्दा वा हाँच्छ्यु गर्दा नाक र मुख हात वा टिस्यु वा कुहिनाले छोप्ने गनुपर्छ। प्रयोग गरेको टिस्यु तुरुन्त फोहर र्‍याल्ने ठाँउमा र्‍याल्ने र साबुन पानीले हात धुनु पर्छ।
के रक्सी पिउनाले कोरोना भाइरसको संक्रमण हुँदैन?
-रक्सीले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन।
धुम्रपान वा चुरोटले कोरोना भाइरसलाई असर गर्छ?
-धुम्रपान वा चुरोटले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन। धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ। विश्वमा वर्षेनी करिब ८० लाख मानिसहरू धुम्रपानका कारण अकाल मर्दछन्। मुटु लगायत विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा धुम्रपानका कारणले थप जटिलता हुने भएकोले उनीहरुमा कोरोना भाइरसको जोखिम अझ बढी हुन्छ।
के बोझो, लसुन वा बेसार खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ?
-लसुन, बोझो र बेसार खानु स्वास्थ्यको लागि लाभदायक हो, यसले हामीलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ। तर हालसम्म लसुन वा बोझो वा बेसारको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको तथ्य फेला परेको छै

प्रतिक्रिया दिनुहोस्