Logo

के दाह्री राख्दा कोरोनाबाट संक्रमित हुने खतरा बढ्छ ?



Spread the love

एजेन्सी । विश्वमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् । रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी) ले दाह्री राख्ने मानिसमा कोरोना भाइरसको संक्रमण हुने सम्भावना धेरै रहेको बताएको छ । सीडीसीका अनुसार कोरोनाबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्दछ ।

बाहिर निस्किने बेलामा मास्क लगाउनुपर्दछ र कुनै वस्तु छोइसकेपछि साबुनपानीले हात धुनु पर्दछ । आजभोलि मानिसमा दाह्री पाल्ने शोख बढेको देख्न सकिन्छ । सीडीसीका अनुसार मुखलाई कभर गर्ने मास्क दाह्रीको कारणले राम्रोसँग फिट हुँदैन । यस्तो खालको लापरवाहीले सजिलैसँग व्यक्ति कोरोना भाइरसबाट संक्रमित हुन सक्छ ।

सीडीसीका अनुसार क्लीन सेभका साथै जुँगा मात्र राख्ने मानिसमा मास्क राम्रोसँग फिट हुने गर्दछ । दाह्री पाल्ने मानिसमा कोरोनाको संक्रमण हुने सम्भावना बढी भएको सीडीसीले जनाएको छ । केही समयअघि न्यूयोर्क युनिभर्सिटीमा गरिएको अनुसन्धानले नङ पनि खतरनाक हुन सक्ने बताएको थियो । विशेष गरी नङ खाने वा टोक्ने बानी भएका मानिसहरुलाई विभिन्न किसिमका भाइरसको संक्रमण हुने कुरा पुष्टि गरेको थियो ।

नङको बीच भाइरस, व्याक्टेरिया जम्मा हुने गर्दछ । जब कसैले नङ टोक्छ तब सजिलैसँग भाइरस, व्याक्टेरिया शरीरमा प्रवेश गर्दछ । कोरोना भाइरसको बढ्दो जोखिमबाट बच्न दाह्री, नङ काट्नुका साथै सरसफाइमा विशेष ध्यान दिनु पर्दछ । सरसफाइसँग कुनै सम्झौता नगरौँ, कोरोनाबाट बचौँ ।

प्रतिक्रिया दिनुहोस्