Logo

कोरोना नियन्त्रणका लागि मिलेर अघि बढ्ने ट्रम्प र सीको प्रतिबद्धता



Spread the love
फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङ बीच कोरोना नियन्त्रणका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार शुक्रबार बिहान दुई देशका राष्ट्रपतिबीच टेलिफोनमार्फत कुराकानी भएको हो । 

आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत् अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सीसँग कुराकानी भएको जानकारी दिएका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘भर्खरै चीनका राष्ट्रपति सीसँग प्रभावकारी कुराकानी भएको छ । हामीबीच पूरा विश्वलाई तहसनहस बनाएको भाइरसको बारेमा कुराकानी भयो । चीनले धेरै काम गरिसकेको छ र उसलाई भाइरसका बारेमा राम्रोसँग थाहा छ । त्यसैले हामी मिलेर अघि बढ्दैछौँ । धेरै सम्मान,’ 

पटक पटक कोरोना भाइरसलाई ‘चाइना भाइरस’ भन्दै कोरोना भाइरसलाई एकदमै हलुका लिएका र चीन माथि प्रहार गरेका ट्रम्प अन्तत: चीन सँग हात मिलाएका छन् । चीनले आफ्नो देशमा भाइरसको संक्रमण नियन्त्रणतर्फ लगेर पछिल्लो समय विभिन्न देशमा व्यक्तिगत सुरक्षा उपकरण, औषधि र चिकित्सक पठाइरहेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार बितेको २૪ घण्टामा अमेरिकामा १६ हजार संक्रमित भएका छन् र कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या ८५ हजारभन्दा माथि रहेको छ । अमेरिकामा भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ८५ हजार भन्दा बढी रहेको छ । विश्वभर भने कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाखभन्दा बढी रहेको छ । अमेरिकाले कोरोना संक्रमितको मामलामा चीनलाई उछिनेको छ । आजसम्म कोरोनाले गर्दा विश्वभर गरी २૪ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्