Logo

किन हामी नयाँ मान्छे भन्दा नजिकको प्रिय मान्छेसँग बढी रिसाउँछौं ? समाधान के ?



Spread the love

हाम्रो व्यवहार सधैं एकनासको हुँदैन । मान्छेपिच्छे, माहोलपिच्छे हाम्रो बोल्ने शैली र प्रस्तुत हुने तरिका फरक भैरहेको हुन्छ ।

मनोविज्ञानका प्राध्यापक डेबोरा साउथ रिचार्डसनले गरेको एक अनुसन्धानले मानिसको यस्तो किसिमको व्यवहारको वैज्ञानिक कारण बाहिर ल्याएको छ । जसअनुसार हामी आफूले चिनेका या माया गर्ने नजिकका मान्छेहरूसँग सजिलै खुल्छौं, रिसाउँछौं । तर यसको ठिक उल्टो, टाढाको मान्छेसँग भने बस् फिस्स मुस्कुराउँछौं मात्र । न त्यति रिसाउँछौं, न त्यतिसारो खुलेर कुरा गर्छौं नै ।

यसका पछाडि ३ कारण रहेको रिचार्डसनको अनुसन्धानले देखाएको छः

पहिलो कारणः

नजिकको सम्बन्धमा हामी के सोच्छौं भने सानो कुनै मनमुटाबले यहाँ त्यस्तो केही समस्या आउन सक्दैन ।

किनकि यो सम्बन्ध लामो समयको साथ, सहयोग र प्रेमले बनेको हुन्छ । जसले गर्दा हल्का रिसाउँदैमा, चर्को बोल्दैमा सम्बन्धमा आँच आउने सम्भावना निकै कम रहन्छ ।

त्यसैले हामी हाम्रा नजिकका मान्छेसँग आफ्ना सबै पाटा खुलाउन हिच्किचाउँदैनौं, चाहे नराम्रा पाटा नै किन नहोउन् ।

दोस्रो कारणः

हामी नयाँ मान्छेसँग खुल्न अलि असहज महसुस गर्छौं । किनकि हामीलाई उसको बारेमा त्यति थाहा हुँदैन । साथै, उसँग त्यति साझा अनुभुतिहरू पनि नहुने भएकाले हामी सक्दो औपचारिक हुन्छौं ।

अर्को कुरा, नयाँ मान्छेले केही भनिहाले पनि हामी ‘एकैछिनका लागि त हो हाम्रो सम्बन्ध’ भनेर टारिदिन्छौं । तर नजिकको सम्बन्धमा भने अलिकति केही आफूअनुसारको नहुने बित्तिकै बोलिहाल्छौं । जसले गर्दा थोरै बोलाबोलको स्थिति पनि नजिककोमा सामान्यजस्तो हुने गर्छ ।

तेस्रो कारणः

हामी आफ्नो नजिकका मान्छेहरूको नराम्रो बानीहरू त्यति सहन सक्दैनौं । हामीमा उनीहरूका कुरालाई स्वीकार्ने ‘पाचन क्षमता’ गुमिसकेको हुन्छ ।

तर, टाढाको या नयाँ मान्छेको कुनै नराम्रो बानी भने सजिलै पचाइदिन सक्छौं । जस्तो कुनै कम्पनीको बोसको गाली, बाटोमा कसैको बोली, आदि ।

समाधान के त ?

हामीले आफू नजिकका मान्छेसँगको सम्बन्ध सुधार गर्नका लागि तलका विधि अपनाउन सक्नुहुन्छः

  • कहिलेकसो प्रियजनसँगको दुरी बढाउने । कतै टाढा जाने, केही दिनका लागि । यसले गर्दा सम्बन्धमा ताजापन आइरहन्छ ।
  • प्रियजनसँग कहिलेकाही साथीभाइ या आफन्तसँग सँगै भेट्ने । ताकि आफ्नो नराम्रो स्वभाव प्रस्तुत गर्न अलिक अप्ठेरो लागोस् ।

(ब्राइटसाइड डट मीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्