Logo

राजधानीको फोहोर पृथ्वी राजमार्गमा : फैलदै दुर्गन्ध



Spread the love

देशका ६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ आसपासका क्षेत्रहरु पछिल्लो समय दुर्गन्धित बन्दै गएका छन् ।

त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आसपासमा थुप्रिएको फोहोरका कारण राजमार्ग क्षेत्रमा दुर्गन्ध बढ्दै गएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

राजमार्ग आसपासका स साना बजार र बस्तीहरुबाट निस्कने फोहोर राजमार्ग छेउछाउमै फाल्नाले पनि दुर्गन्ध बढ्दै गएको हो ।

चाडबाडको समयमा सवारी साधनमार्फत काठमाडौंबाट समेत फोहोर ल्याएर राजमार्ग छेउछाउमै अव्यवस्थित रुपमा फालिदिनाले राजमार्ग आसपासका क्षेत्रमा फोहोरमैला बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्