Logo

फिफा वरीयतामा खस्कियो महिला राष्ट्रिय फुटबल टिम



Spread the love

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलि फिफा वरीयतामा खस्किएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले शुक्रबार सार्बजनिक गरेको वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको छ ।

यसअघि नेपाल ९७औं स्थानमा रहेको थियो । दक्षिण एसियामा नेपालले भारतलाई मैदानमा कडा टक्क दिँदै आएपनि एक पटक मात्र पराजित गर्न सकेको छ । वरीयतामा नेपाल भारत नेपाल भन्दा धेरै अघि छ । गत डिसेम्बरमा १३औं साग खेलेयता नेपालको महिला टिमले कुनै पनि अन्तर्राष्ट्रिय स्तरको खेल खेल्न पाएको छैन ।

विश्व विजेता अमेरिका भने शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा यथावत रहँदा फ्रान्स एक स्थान सुधार गर्दै तेस्रोमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्