Logo

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण



Spread the love

१४ चैत, काठमाडौँ । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।

उपत्यका बाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको र बिरामीको कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ । दुबईबाट आएका उनी ३४ वर्षको रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्