Logo

फिल्म ‘रोमियो’को ट्रेलर सार्वजनिक



Spread the love

फिल्म ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको छ । मस्ती, प्रेम, विछोडलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ । ‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलर कलरफुल छ । फिल्ममा हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ ।

एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका सह–निर्माता बिष्णु कार्की छन् । मिलन सापकोटा फिल्मका कार्यकारी निर्माता हुन् ।शंकर कार्कीले फिल्मको निर्देशन गरेका हुन् । फिल्म कात्तिक २४ गते प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् ट्रेलर :

https://youtu.be/_JD1DRZyaxk

प्रतिक्रिया दिनुहोस्