Logo

वडा अध्यक्षले गरे बिपन्न महिलालाई खाद्यान्न सामाग्री बितरण !



Spread the love

१४ चैत राजापुर बर्दिया । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरस(कोभिड १९)को प्रबाब अहिले नेपालमा पनि परेको छ । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन सरकारले लगाएको लकडाउन बर्दिया राजापुर नगरपालिका वडा न.८ का वडा अध्यक्ष चिन्तामणि आचार्यले २५ जना बिपन्न एकल महिलालाई खाद्यन्न सामाग्री बितरण छन्।

अध्यक्ष आचार्यले आज कोरोना भाइरस(कोभिड १९) लाई बर्दिया राजापुर नगरपालिका वडा न: ८ मा २५ जनालाई घर घरमा गएर अतिबिपन र एकल महिलालाई चिनी, नुन, तेल, चिउरा भुजा लगायतका खाद्यन्न सामाग्री बितरण गरेका हुन् ।

कोभिड १९ बाट कसरी बच्ने भने जनचेतना मुलक कार्यक्रम आफ्नो नगरबासीको घर घरमा प्रचार प्रसारण गरेका छन् । अहिले फैलिदै गएको कोरोना भाइरस बाट आफु कसरी बच्ने र अरुलाई कसरी बचाउने भनेर घर दैलो कार्यक्रममा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्