Logo

‘मेला’को ट्रेलर रिलिज



Spread the love

नेपाली चलचित्र ‘मेला’ को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २४ गतेलाई रिलिज डेट लिएको चलचित्रमा सलोन बस्नेत र अशिष्मा नकर्मी मुख्य भूमिकामा छन् । मेला’ ट्रेलर कमेडी संवादले भरिएको छ । हरि पन्तको प्रस्तुतीमा तयार भएको यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’ लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । फिल्ममा पवित्रा आचार्यको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ ।

‘मेला’ चलचित्र ‘रोमियो’ सँग भिड्न लागेको हो । सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

हेर्नुहोस् ट्रेलर :

https://youtu.be/eu0wK1cj4dE

प्रतिक्रिया दिनुहोस्