Logo

लकडाउन समय: हेर्नै पर्ने दश टाइम ट्राभल मुभी



Spread the love

चलचित्र जसले हामीलाई नभोगेको अनुभव दिलाउँछ । यस्तै अनुभव बटुल्न सिनेमा हेर्ने गरिन्छ । जीवनको आफ्नो कामलाई जोड दिदा आफ्नो वर्तमान भुलिरहेको थाहा हुँदैन । जब हुन्छ ढिलो हुन्छ । त्यो समय बिति सकेको हुन्छ । त्यहीं बितेको समय अर्थात विगतमा जान रुचि हुन्छ तर सम्भव भने हुँदैन । छुट्टै अनुभव गर्न टाइम ट्राभल जनराको सिनेमाहरु हेर्न गरिन्छ । टाइम ट्राभल जनराको सिनेमामा अनेकन ट्विस्टहरु आउँछन् जसले चलचित्रलाई मसालेदार बनाउँछन् ।

कोरोना भाइरसले गर्दा देश लकडाउनमा गएको छ । लकडाउनको बेला टाइम ट्राभल मुभी हेरेर समय बिताउन सकिन्छ ।

यहाँ हेर्नै पर्ने दश टाइम ट्राभल मुभीको बारेमा छोटकरीमा वर्णन गरिएको छ :

१. ब्याक टु दि फ्युचर

सन १९८५ मा रोबर्ट जिमेक्किसले टाइम ट्राभलसम्बन्धि आफ्नो कल्पना शक्तिको प्रयोग गरी ब्याक टु द फ्युचर चलचित्रको निर्देशन गरे । ब्याक टु द फ्युचर फिल्मको तीन भाग रहेका छन् र ती तिनै भाग एक अर्कासँग सम्बन्धित छन् । ब्याक टु द फ्युचर निकै मन पराइएको चलचित्र पनि हो ।
यस चलचित्रमा मार्टी नाकम पात्र डाक्टर ब्राउनको मद्दतले सन १९५५ मा यात्रा गर्छ ।

२. द टर्मिनेटर

सन १९८५ मा जेम्स क्यामरुनद्वारा निर्देशित यस चलचित्रलाई अधिकांश चलचित्रप्रेमीले मन पराएका छन । यो केही फरक किसिमको चलचित्र हो । यस चलचित्रमा दुईवटा रोबर्ट भविष्यबाट विगतमा आई एक केटालाई मार्न खोज्छ र अर्कोले बचाउँछ । यस चलचित्रको दोस्रो भाग पनि निकै राम्रो छ ।

३. टुभेल मन्किज

सन १९६२ को फ्रेन्च फिल्म ला जेटीबाट प्रभावित भई टुभेल मन्किज चलचित्र बनाइएको हो । चलचित्रमा ब्रुस विल्लिसको प्रमुख भुमिका रहेको छ । जहाँ ब्रुसलाई विगतमा भविष्य सुधार्नको लागि पठाइन्छ । चलचित्रमा ब्राड पिटको पनि भूमिका रहेको छ ।

૪. प्लानेट अफ द एप्स

सन १९६० मा बनेको यो फिल्मले केही नयाँ कथा प्रस्तुत गरेको छ । यदि यो संसारमा मान्छेको नभई बाँदरको राज भए के होला भन्ने प्रश्नको उत्तर दिन खोजेको यो चलचित्र निकै रुचाइएको थियो ।

५. द बटरफ्लाइ इफेक्ट

यस चलचित्रमा आफ्नो र आफ्नो साथीहरुको लागि राम्रो वातावरण सृजना गर्न विगतमा गई आफूले गरेका अनुचित व्यवहार सुधार्छ तर समयसँग खेलेको परिणाम आउन बाँकी हुन्छ । चलचित्रको पात्रको विगतमा धेरै फोकस गरेको छ । सबैलाई सही वातावरणमा ल्याइ चलचित्रको प्रमुख पात्र अन्त्यमा आमाको पेटमा गई आफ्नो अस्तित्व नष्ट गर्दछ ।

६. इन्टर्स्टेलर

सन २०१४ मा क्रिस्टोफर नोलानद्वारा निर्देशित यस चलचित्रले मात्र समय यात्रा नसमेटी स्पेसलाई पनि अङ्गालेको छ । धेरै चलचित्रप्रेमीले यस फिल्मलाई पछिल्लो दशककै उत्कृष्ट चलचित्रको रुपमा घोषित गरेका छन । नोलानले स्टेन्ली कुब्रिकको सन् १९६८ मा रिलिज भएको चलचित्र २००१: स्पेस ओडेसीबाट प्रभावित भइ प्रस्तुत चलचित्र बनाएका हुन् ।

७. लुपर

रियान जोनसोनद्वारा निर्मित यस चलचित्रले टाइम ट्र्याभल जनराको चलचित्रलाई केही अघि बढाएको छ । यस चलचित्रमा भविष्यमा टाइम मेसिन बनाइन्छ तर यसलाई गैरकानुनी घोषणा गरिन्छ । त्यस मेसिनलाई अपराधिक समूहले अपराधिक गतिविधि संचालन गर्न प्रयोग गर्छन् ।

८. डेस्टिनेसन

रोबर्ट हैनलैनको लघु कथामा आधरित यस चलचित्रमा इथन हक प्रमुख भूमिकामा देखिएका छन । उनको दमदार अभिनय र पटकथाले चलचित्रभरी सोंच्न बाध्य तुल्याउँछ । प्रिडेस्टिनेसन चलचित्र पनि धेरैको रोजाइमा पर्ने चलचित्र हो ।

९. डोन्नी डार्को

हाइस्कुलमा पढ्ने छात्रले रहस्यमय ढंगले र्याबिटजस्तो देखिनेलाई साथी बनाउँछ जसले अबको २८ दिनमा विश्वको अस्तित्व हराउने बताउँछ । डोन्नी डार्को पनि एउटा अर्को उदाहरण हो जसले दर्शकलाई चलचित्रको अन्त्यसम्म सोंच्न बाध्य तुलाउछ ।

१०. द टाइम मेसिन
द टाइम मेसिन चलचित्र सन् १९६० मा जर्ज पालद्वारा निर्देशित भएको थियो । चलचित्रमा जर्ज नामक एक पात्र हुन्छ जसले टाइम मेसिन बनाउँछ । टाइम मेसिन बनाइसकेपछि उ विगत अनि भविष्यमा जान थाल्छ तर उसले भविष्यमा समाजको छुट्टै रुप देख्दछ जुन रुप उसले कल्पना पनि गरेको हुँदैन ।

  • एजेन्सी ।

यी पनि पढ्नुहोस् !

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने बलिउडका ४५ गज्जब फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : व्यक्तिगत विकासका लागि पढ्न सकिने १२ प्रेरक पुस्तक

सेल्फ क्वारेन्टाइन सुझाव : फुर्सदको समयमा हेर्न सकिने फरक स्वादका ५५ हलिउड फिल्महरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरमा रिल्याक्स भएर बस्न अपनाउन सकिने ६ उपायहरू

सेल्फ क्वारेन्टाइन सुझाव : घरभित्रको बसाईलाई कसरी फलदायी बनाउने ? अपनाउनुहोस् यी १० उपायहरू

सेल्फ क्वारेन्टाइन सुझाव : नेपाली फिल्म हेर्ने मुडमा हुनुहुन्छ भने नछुटाउनुस् यी २५ सुन्दर फिल्म

प्रतिक्रिया दिनुहोस्