Logo

गायक भुपु पाण्डेको ‘आयो रे सावन आयो’ बोलको फ्युजनसहितको कवाली गीत सार्बजनिक(फोटोफिचर)



Spread the love

युवा पुस्ताका अत्यन्तै लोकप्रिय गायक भुपु पाण्डेको ‘आयो रे सावन आयो’ बोलको फ्युजनसहितको कवाली गीत सार्बजनिक भएको छ।आफ्नै संगीत र एरेञ्ज रहेको ‘आयो रे सावन आयो’ बोलको गीतको शब्द पनि पाण्डे आफैले लेखेका हुन् ।भिडियो पनि गायक पाण्डेले फरक शैलीमा निर्माण गरेका छन् ।हरेक पटक नयाँ प्रयोग गर्दै आएका पाण्डेको यो गीत नेपाली कवालीमा ढालिएको छ । उनले म्युजिक भिडियोलाई आफ्नै युट्युब च्यानबाट रिलिज गरेका हुन् ।पाण्डेको नयाँ भिडियो ‘आयो रे साउन आयोे’लाई अनिल के मानन्धरले निर्देशन तथा छायाङ्कन गरेका हुन् । सुरसा ओझा, गायक स्वयम र अन्य कलाकारहरुको अभिनय रहेको यस भिडियोलाई सीलन लम्सालले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् फोटोफिचर:

यो पनि हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्